हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ पिपलबोटमा ट्रकको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ सहितपुर बस्ने ५६ वर्षीया सन्त माया प्रजा रहेकी छन् ।
बिहिबार हेटौंडाबाट बिरगंजतर्फ जादै गरेको ना.६ ख. ३७७६ नम्बरको ट्रकले बाटो क्रस गर्ने क्रममा प्रजालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । ट्रकको ठक्करबाट प्रजाको दाहिने हात भाचिएको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक मनहरी गाउँपालिका वडा नं. ५ बस्ने ३८ वर्षीय कृष्ण बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।