मकवानपुर – मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्यामिरे खोलाले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–५ सिमलटार बस्ने ६४ वर्षीया गोमाकुमारी दमाई रहेकी छन् । ज्यान गुमाएकी छन् ।
बुधबार बिहान स्थानीय ज्यामिरे खोलाले बगाउँदा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनको शव सामरी खोलामा भेटिएको थियो ।