प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु

२०८० फाल्गुन २०, आईतबार २०:३९ बजे

जकपुरधाम – विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको हो ।

यादवको मृत्युपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको थियो भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो ।

दुर्घटनामा अन्य चारजना महिला घाइते छन् । घाइतेहरुको जनकपुरमा उपचार भइरहेको छ ।

विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेका महिलाहरुलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएर कुल्चिएको थियो । दुर्घटनापछि स्थानीयले टायर बालेर जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेर विरोधमा उत्रिएका हुन् । उनीहरुले सडकमा बिजुली पोलसमेत तेर्साएर विरोधमा उत्रिएका हुन् ।

ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्जसमेत गरेको थियो । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।