हेटौंडा – हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । पुर्व पश्चिम सडकखण्ड अन्तर्गत चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाउपरिक्षक स्यामु अर्यालले बताए ।
बिरगंजबाट पोखराको लागी आउदै गरेको यात्रु बाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टी दुर्घटना हुदा बसमा सवार रहेका १८ जना यात्रु मध्ये चालक सहित १७ जना घाईते भएका हुन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।