हेटौंडा – काठमाडौं–निजगढ फास्ट ट्रयाक(द्रुतमार्ग) अन्तर्गत मकवानपुरमा भएको लोडर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । उद्धार गरी ल्याएका मध्ये एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
यसंगै दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको प्रवक्ता कार्कीले बताए । मकवानपुरगढी गाउँपालिका वडा नं. १ घट्टेपाखास्थित फास्ट ट्रयाक निर्माणस्थलमा माटो फाल्ने क्रममा लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक र घाइतेको पहिचान खुलिसकेको छैन। दुर्घटनामा मृत्यु भएका तीनै जना चिनियाँ नागरिक रहेको र घाइते तीन जनाको हेटौंडा अस्पातलमा उपचार भईरहेको प्रवक्ता कार्कीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।