प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१८०० रुपैयाँले घट्यो सुनको मुल्य

२०७८ चैत्र १, मंगलबार ०५:३४ बजे

काठमाडौं – नेपाली बजारमा आज एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।