प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको एक माछा पसलमा चरेसको कारोबार

२०८० आश्विन १, सोमबार १३:२२ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट लागुऔषध चरेस सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका–८ बस्ने वर्ष २६ का उमेश शाह रहेका छन् ।

बसपार्कस्थित उमेश माछा पसलमा लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने सुुचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले सोमबार माछा पसल संचालक शाहलाई अन्दाजी २१३ ग्राम सहित पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिगात्मक तस्वीर