प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडा–काठमाण्डौँ सुरुङमार्ग सरकारको प्राथमिकतामा: मन्त्री श्रेष्ठ

२०७९ फाल्गुन ७, आईतबार १५:१६ बजे

हेटौँडा – मकवानपुर–काठमाण्डौँ जोडने सुरुङमार्ग निर्माणको विषय बागमती प्रदेश सरकारको प्राथमिकतामा रहेको बागमती सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले बताएका छन् ।

रेडीयो थाहा सञ्चारको १५ औँ वार्षिकोत्सवको समापन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले हेटौँडाबाट काठमाण्डौँ जोडन सुरुङमार्ग अति आवश्यक रहेको भन्दै प्रदेश सरकारले यो योजनालाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताए ।

बागमती प्रदेशमा प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले सरकारको प्राथमिकतामा राखेको योजनालाई त्यसपछिका सरकारले प्राथमिकतामा नराखेको भन्दै उनले अब सरकारले सुरुङमार्गको विषयलाई गम्भिरतापूर्वक लिएर अघि बढने बताए ।

सरकारले श्रम रोजगार तथा यातायात क्षेत्रको विषयमा उल्लेख्य काम गर्ने भन्दै मन्त्री श्रेष्ठले आफुले एक वर्षभित्र १० हजार युवालाई स्वरोजगारको तालिम दिएर सक्षम जनशक्ति तयार गर्ने का गर्ने बताए । ‘स्किल मेनपावर’ भए रोजगारको लागि समस्या नहुने भन्दै मन्त्री श्रेष्ठले रोजगारको क्षेत्रमा प्रदेश सरकारले गम्भिरतापूर्वक कदम चाल्ने धारणा ब्यक्त गरे ।