हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी छाया अधिकारीको उम्मेदवारी खारेज भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी अधिकारी हाल राष्ट्रिय कृषि जनजागण गणकको रुपमा कार्यरत रहेकोले उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत कार्यालय बकैंयाले जानकारी दिएको छ ।
कायालयका अनुसार अधिकारीले उजुरी परेको विषयमा कुनै लिखित जवाफ पेस गरेका थिएनन् । पार्टीका तर्फबाट दिलबहादुर भोम्जनले मौखिक बयानमा अधिकारी हाल जागिरमै रहेको जानकारी आएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ । अब उनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया भाग लिन पाउने छैनन् ।
अधिकारीसहित नेकपा माओवादीका उपाध्यक्ष भक्त खत्री र नेपाली कांग्रेसका वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध मंगलबार उजुरी परेको थियो । खत्री र जिम्बाविरुद्ध परेको उजुरी भने पुष्टी नभएको कार्यालयले जनाएको छ । खत्रीविरुद्ध बेरुजु सम्बन्धी र राप्रपा नेपाल पार्टीबाट प्रदेशसभा संसदको समानुपातिक सांसदको बन्दसुचिमा नाम रहेको भन्दै उजुरी परेको थियो ।