हेटौंडा – हेटौंडामा एक पुरुषले आफ्नै श्रीमतीमाथि धारिलो अतियार प्रहार गरेका छन् ।
हेटौडा उपमहानगरपालिका–१३ बाराचौर बस्ने ६० वर्षीया राम बहादुर छुमीले आफ्नै श्रीमती ५५ वर्षीय डोल्मा माया लामालाई धारिलो हतियार प्रहार गरेका हुन् ।
छुमीको धारिलो हतियार प्रहारबाट लामाको ढाडमा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि काठमाडौंतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की अनुसार छुमीको मानसिक अवस्था ठिक नभएको भन्दै उनकी छोरीले प्रहरी समक्ष बयान समेत दिएकी छन् । घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।