प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

टाटा मोटर्सको एक्सपरेन्शियल ड्राइभ हेटौंडामा सम्पन्न

२०७९ पौष ३, आईतबार १०:२३ बजे

हेटौंडा – सिप्रदी ट्रेडिङले विद्युतिय गाडी (इभी)को हेटौंडामा एक्सपरेन्शियल ड्राइभू नामक टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडाको होटेल लिडोमा टेस्ट ड्राइभ कार्यक्रमका साथ विद्युतिय गाडीमा रुची राख्ने विभिन्न ग्राहक, संघ संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

पछिल्लो समय सन्तुलित वातावरण, न्यूनतम संचालन खर्च र अन्य विभिन्न दृष्टिकोणले इभी उपयुक्त भएको कारण यसको बजार नेपालमा द्रुत गतिमा विस्तार भइरहेको सिप्रदी ट्रेडिङको दाबी छ। यसै सन्दर्भमा सिप्रदीले यस टेस्ट ड्राइभ कार्यक्रमहरुमा सहभागी हुनेको संख्या उल्लेखनिय रहेको बताएको छ।

कार्यक्रमहरुमा सम्बन्धित स्थानका प्रतिष्ठित व्यक्तित्वहरुले पनि भाग लिएका थिए। यसैगरी, इच्छुक ग्राहकहरुलाई खरिद गर्न सहजताको लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागिता थियो। समुन्नत जिप्ट्रोण प्रविधिले सम्पन्न टिगोर इभीले सर्वोत्कृष्ट सुरक्षाको लागि जीएनसीपीद्वारा मान्यता प्राप्त गरेको बताईएको छ ।