प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

हेटौंडामा एमालेले पनि खोल्यो खाता

२०७९ जेठ २, सोमबार ०७:३७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा नेकपा एमालेका नरनाथ सुबेदी विजयी भएका छन् । सुवेदीले नेपाली कांग्रेस राम कुमार थापालाई २२१ मतले पराजित गरेका हुन् ।

सार्वजनिक मतपरिणाम अनुसार सुवेदी सुवेदीले १ हजार ४२३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी थापाले १ हजार २०२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका प्रकास लामा थोकरले ९६३ र राप्रपाका राम बहादुर गोले ७१ मत प्राप्त गरेका छन् ।

वडासदस्यमा नेकपा एमालेकै प्रताप सिं थिङ, राजकुमार बज्यु, राम गोल र रिता सुनार निर्वाचित भएका छन् ।  वडा नं.१९ मा कुल ३ हजार ९२५ मत खसेको थियो । 

यससंगै हेटौंडा उपमहानगरपालिकाको तीन वटाको नतीजा सार्वजनिक भइसकेको छ । नेपाली कांग्रेसका वडा नं.१ मा सविन न्यौपाने र २ मा विष्णु गोपाल महर्जन विजयी भएका छन् ।