प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु

२०८० जेठ २८, आईतबार ०३:०७ बजे


हेटौंडा – अत्यधिक गर्मी छल्न खोलामा ढुबुल्की मार्ने मानीसहरु भिड बढेको छ । पौडी खेल्ने क्रममा सावधानी अपनाउँदा मानिसको ज्यान समेत जाने गरेको छ ।

काभ्रेको भुम्लु गाउँपालिका–९ मा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ । स्थानीय ज्याम्दी सुर्ता लामाको छोरा ११ वर्षीय सिम्पल लामाको मृत्यु भएको हो ।

प्रहरीका अुनसार उनी घर नजिकै रहेको चाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए । उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस घटना क्रममा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।