हेटौंडा – बारा निजगढ नगरपालिका-९ सिम्रिस्थित जंगलबाट आइतबार दिउँसो अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका–१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् ।
ना.४५ प ३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छबीलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ५ किलो गाँजासहित तीनै जनालाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।