हेटौंडा – मकवानपुरको छुट्टाछुटै स्थानमा भएको आगलागीमा ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ भने जलेर एक जना घाइते घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार थाहा नगरपालिका वडा नं.६ ओखरगाउँमा स्थानीय केदार सिन्तानको कच्ची घरमा आगलागी हुँदा ६० हजार नगद सहित ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीबाट घर पुर्ण रुपमा जलेर क्षति भएको र घरभित्र रहेको अन्नपात गरगहना, नगद तथा धनमाल नष्ट भएको हो । मानबिय, चौपाया क्षेती नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै भीमफेदी गाउँपालिका वडा नं.६ बुतारगाँउमा आगोले पोलेर एक जना घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ४५ बर्षीया पार्वती रम्तेल घाइते भएकी हुन् । आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरिरमा आगो लाग्दा उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको बताईएको छ ।