प्रहर खबर
 २०८१ बैशाख १८, मंगलबार    

मकवानपुरबाट ७७ लाखको अवैध सामान बरामद, एक जना पक्राउ

२०८० चैत्र २१, बुधबार २०:२९ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ बाट प्रहरीले ७७ लाख मुल्य बराबरको भन्सार छलिका मालसमानहरुको बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत लोथरबाट हेटौडातर्फ आउँदै गरेको बागमती विएडी ४३७० नम्बरको गाडीबाट उक्त मुल्य बराबरको मालसामान बरामद गरेको हो ।

गाडीलाई रितपुर्वक चेकजाँच गर्दा उक्त गाडीमा अवैध भन्सार छलि चोरी पैठारी गरी बिलबिजक नभएका साडी, कुर्थासुरुवाल, टि–सर्ट, पाईन्ट, जुत्ता लगायतका लत्ताकपडाहरु २७४४ थान, ् आईफोन, सामसुङग, भिभो,आईटेल,रेड्मी, लगायतका ८२ थान मोबाईलहरु र सवारी साधन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त मालसामान ७७ लाख मुल्य बराबरको रहेको छ । उक्त मालसमानहरु सहित गाडी चालक उदयपुर त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने बर्ष २८ को राज कुमार चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।