प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८० फाल्गुन २२, मंगलबार ०९:१४ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ कत्लेखोलामा सोमबार मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा राक्सिराङ गाउँपालिका वडा नं.६ वस्ने
५१ बर्षीय नेत्र लाल प्रजा रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवनतर्फ जादै गरेको ना ४५ प ६७७० नम्बरको मोटरसाइकलले पैदलयात्री प्रजालाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । घाइते प्रजाको मनहरी अस्पतालमा सामान्य उपचारपछि चितवनतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।