प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भिमफेदी कारागारमा एक कैदीबन्दीको मृत्यु

२०८० बैशाख ६, बुधबार १०:३० बजे

हेटौंडा – मकवानपुरको भिमफेदी कारागारमा कैद जीवन बिताइरहेका एक कैदीबन्दीको बुधबार मृत्यु भएको छ ।

कर्तव्यज्यान मुद्दामा कारागार चलान भएका मनहरी गाउँपालिका–६ लोथरका ३५ वर्षीय समिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार बुधबार बिहान एक्कसी आफैं बेहोस भएर ढलेपछि परियारलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार १२ः२० बजे मृत्यु भएको उनले बताए । तर उनको मृत्यु कारण भने प्रहरीले खुलाएको छैन ।