हेटौंडा– आफ्नै श्रीमती २८ वर्षीया श्रीमती हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् ।
आफ्नै श्रीमती २८ वर्षीया जमुना भन्ने वसन्ती कुमालको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैसेपाटीमा डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका–१ का २९ वर्षीय राम कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
वसन्तीको कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा शव फेला परेको थियो । घटनामा थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।