प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बालबालिकालाई भिटामिन ए र जुगाको औषधि खुवाइने

२०८१ कार्तिक १, बिहीबार १९:४१ बजे

काठमाडौँ – सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत कात्तिक २ र ३ गते ( भोल र पर्सी) देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुगाको औषधि खुवाउने भएको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाका अनुसार ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।

जस अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ।