प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी, जलेर तीन बालबालिकाको मृत्यु

२०७८ चैत्र २०, आईतबार १६:०५ बजे

हेटौंडा – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा ८ मा ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । 

स्थानीय मिनबहादुर तामाङको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा तामाङको १० वर्षीय छोरा इशाक, उनकै भाई कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङको साढे २ वर्षीया छोरी दिव्याको जलेर घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङको घरमा आइतबार बेलुकी साढे ६ बजे एक्कासी ग्यास सिलिन्डर पड्किएको थियो ।