प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशको मन्त्रीपरिषद बैठक: यस्ता छन् निर्णयहरु

२०७९ चैत्र २८, मंगलबार १२:३५ बजे

हेटौँडा – बागमती प्रदेश सरकारको आज मंगलबार बसेको बैठकले चारवटा निर्णय गरेको छ ।

बैठकले सिन्धुपाल्चोकका रेवती सापकोटालाई पुनः बागमती प्रदेशको सञ्चार रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि ४ बर्ष कार्यभार सम्भालेका सापकोटालाई दोस्रो कार्यकालका लागि नियुक्ती गरेको हो ।

मन्त्रीपरिषदले आजै बसेको बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ। उक्त विधेयक प्रदेश सभामा पनि पेस गर्न स्वीकृत प्रदान गरिएको छ।

मन्त्रीपरिषदले प्रदेश सञ्चार माध्यम ब्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृत गरेको छ। प्रवक्ता श्रेष्ठका अनुसार आजकै बैठकले प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गरेको छ सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए ।