हेटौंडा – कैलालीको लम्कीचुहा नगरपालिका ३ ढुंगेबजारमा शुक्रबार साँझ बसको ठक्करबाट प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा से १ ब २१६ नम्बरको मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्र प्रसाद जैशी रहेका छन् ।
पहरीका अनुसार उपचारको क्रममा शनिबार बेलुकी साढे ८ बजे टिकापुर अस्पतालमा उनको मृत्यु भएको हो । कार्यालयबाट फरार रहेका प्रतिवादीबारे बुझ्नको लागि लम्कीचुहा ३ बल्चौर गएर फर्किदै गरेका जैशी सवार रहेको मोटरसाइकललाई हिजो साँझ सवा ६ बजे ना ६ ख ७४५९ नम्बरको बसले ठक्कर दिएको थियो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय लम्की कैलालीले नियन्त्रणमा लिएको छ ।