प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा भरुवा बन्दुक सहित थिङ पक्राउ

२०८० बैशाख २३, शनिबार १६:१२ बजे


हेटौंडा – मकवानपुरमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–७, दुम्सिडाडाँस्थित बस्ने अन्दाजी ३० वर्षीय बाबुलाल थिङलाई पक्राउ गरेको हो ।

दाजुभाईको कुटपिटको बिषयलाई मिलाउन पुगेको प्रहरी टोलीले बाबुलाललाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । दाई बाबुलालले आफ्नै भाई २१ वर्षीय प्रवीन थिङलाई जग्गाको विषयमा कुटपिट गरी सामान्य घाईते बनाएका थिए ।

भाईले ईलाका प्रहरी कार्यालय, मकवानपुरगढी आएर मौखिक रुपमा जानकारी गराएपछि प्रहरीको टोली बाबुलालको घरमा पुगेको थियो । त्यहाँ पुगेको प्रहरीले दाजु बाबुलाललाई एकनाले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिगात्मक तस्वीर