प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

बागमती प्रदेशका करारका कर्मचारीले मासिक २ हजार महँगी भत्ता पाउने

२०७९ श्रावण २४, मंगलबार १५:१८ बजे

हेटौँडा – बागमती प्रदेश सरकारको प्रदेश मातहतमा रहेका कार्य गरिरहेका करारका कर्मचारीहरूले अब मासिक २ हजार रुपैयाँको दरले महँगी भत्ता पाउने भएका छन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले करार सेवामा रहेका कर्मचारीलाई मासिक २ हजारको दरले महँगी भत्ता दिने निर्णय गरेका सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए ।