काठमाडौं – सरकारले चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले सगरमाथा क्षेत्रसम्म जाने मार्गको सुधार गरिने बताएको हुन् ।
अर्थमन्त्री शर्माले निजी क्षेत्रमार्फत चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गरी २ घण्टामा सागरमाथा क्षेत्रमा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिने बताएका हुन् ।