प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

विवाह गर्छु भनी बलात्कारपछि लुटपाट, तामाङ पक्राउ

२०७९ असार ७, मंगलबार ०७:२२ बजे

हेटौंडा – जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिका–९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष भन्ने ३० वर्षीय बिश्व तामाङ रहेका छन् ।

प्रहरीका अनुसार तामाङले २४ वर्षीया महिलालाई जेठ २९ गते ललाई फकाई बिबाह गर्छु भनी प्रलोभन देखाएर काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित एक गेष्टमा पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर जबरजस्ती करणी गरेका थिए । जबरजस्ती करणीपछि ती महिलाको नगद १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई आइतबार राति पक्राउ गरेको हो । उनी उपर जबर्जस्ती करणी गर्न नहुने र चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।