काठमाडौं – सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते हुनेमा नगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा रहेका छन् । घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।