हेटौंडा – सवारी दुर्घटनमा परी कैलाली र बाँकेमा एक–एक जनाको मृत्यु भएको छ भने दाङमा दुई जना घाइते भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा शुक्रबार बिहान ६ प ३९ ३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका १ का २५ वर्षीय राजेश यादब रहेका छन् । नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।
त्यस्तै दाङको दंगिशरण गाउँपालिका ७ वाँकामा गएराती मोटरसाइकल दुर्घटना २ जना घाइते भएका छन् । घाइते भएका मोटरसाइकलमा पछाडी सवार दाङकै शान्तिनगर गाउँपालिका ५ की ५० वर्षीया नानीमाया चौधरी र ५ वर्षीय सबिन चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रसुदाबाट बैशातर्फ जाँदै गरेको रा ४ प २२ ८७ नम्बरको मोटरसाइकल गएराती ९ बजे अनियन्त्रित भइ दुर्घटना भएको थियो ।