प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाख्राको गोठालो लाग्दै प्रहरी

२०७९ फाल्गुन ११, बिहीबार १२:३८ बजे

हेटौंडा – भारत लैजादै गरेको बाख्रालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको झापा गाउँपालिका–१ लसुनास्थित नेपाल–भारत सिमा क्षेत्रमाबाट ३१ वटा बाख्रा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मे.१ च.४७३३ नम्बरको पिकअप गाडीमा ७७ हजार ५०० मुल्य बराबरको ३१ वटा बाख्रा अवैध रुपमा भारत लैजान लागेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाडी र गाडीका चालक २६ वर्षीय सेख असरत र २९ वर्षीय रकमुदिन मियालाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागी मेचि भन्सार कार्यालय काकरभिट्टामा बुझाईएको जिल्ला प्रहरीका कार्यालय झापाले जनाएको छ ।