प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फिफा वरीयतामा नेपाल खस्कियो

२०७८ चैत्र १७, बिहीबार १५:३३ बजे

काठमाडौं – फिफा वरीयताक्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयताक्रम अनुसार नेपाल १ सय ६८ औं स्थानमा झरेको छ ।

अघिल्लो वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो ।पछिल्लो पटक मैत्रीपूर्ण खेलमा नेपाल थाईल्यान्डसँग पराजित भएको थियो ।

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत दुई स्थान तल झर्दै १ सय ६औं स्थानमा रहेको छ भने माल्दिभ्स एक स्थान सुधार गर्दै १ सय ५६औं स्थानमा रहेको छ । त्यस्तै भुटान १ सय ८७, बंगलादेश १ सय ८८, पाकिस्तान १ सय ९७ र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।

 नयाँ वरीयता ब्राजिल शीर्षस्थानमा रहेको छ । बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन र पोर्चुगल दोस्रोदेखि आठौं स्थनमा यथावत रहेको छ ।