प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाका राउत प्रहरीको फन्दामा

२०७९ श्रावण ८, आईतबार ०८:०१ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ बाट लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साही वडाको कुमाल टोल बस्ने ३७ वर्षीय अर्जुन राउत रहेका छन् ।

प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले राउतलाई ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका राउतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।