प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

अन्जन विष्टले भारतीय आई लिग खेल्ने

२०७९ माघ ७, शनिबार ०८:२४ बजे

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले भारतीय आई लिग खेल्ने भएका छन् । अन्जन भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीबाट खेल्ने भएका गएका हुन् ।

अन्जनलाई यस सिजनको अन्तिम सम्मका लागि आई लिग मुम्बई केन्क्रेले अनुबन्ध गरेको हो । उनी आई लिगका लागि अन्जन शनिबार मुम्बई प्रस्थान गरेका छन् । उनी पहिलो पटक देश बाहिर व्यवसायिक फुटबल खेल्नका लागि गएका हुन् ।

अन्जनले आइ लिग खेल्न अवसरलाई आफूलाई थप प्रमाणित गर्ने अवसर र व्यवसायिक खेल जीवनमा यसलाई अर्को महत्वपूर्ण उपलब्धीको रुपमा लिएको लिएको बताएका छन् ।

अन्जन आइ लिग खेल्ने अन्जन चौथो खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट खेलिरहेका छन् भने विमल घर्तीमगर र अनन्त तामाङले आइ लिगमा सहभागिता जनाईसकेका छन् ।

नेपालमा नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । अन्जन घरेलु फुटबलमा सिजन चर्च ब्वाइजबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने छन् ।

यसअघि उनी मनाङ मस्र्याङ्दी क्लब थिए । ए डिभिजन लिगको एक दुई राउन्ड छुट्न सक्ने बताउँदै उनले आइ लिगका बाँकी खेल सकेर फर्कने योजना रहेको अन्जनले बताए ।

पुरुष फुटबलमाअन्जन राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको दोस्रो स्थानमा छन् । उनले हालसम्म ११ गोल गरिसकेका छन् । हरि खड्का र निराजन रायमाझी समान १३ गोलका साथ शीर्षस्थानमा रहेका छन् ।