हेटौंडा – बुधबार साँझ परेको हावाहुरी सहितको असिनापानीका कारण दुई वटा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार हेटौंडा–भैसे र हेटौडा–पदमपोखरी सडक अवरुद्ध भएको हो ।
मकवानपुर भिमफेदी गाउँपालिका–१ सुपारेटारमा रुख ढल्दा हेटौंडा–भैसे सडकखण्डमा अवरुद्ध भएको प्रवक्ता कार्कीले बताए । उनले रुखलाई नेपाल आर्मी र नेपाल प्रहरीको संयुत्त टोलीले हटाउने कार्य भइरहेको बताए ।
यस्तै हेटौडा उपमहागरपालिका १३ सिक्रेनीको स्थित भित्री सडकखण्डमा ३ वटा विद्युतको पोल लडेर बाटो अवरोध भएको प्रवक्ता कार्कीले बताए ।
प्रतिगात्मक तस्वीर