प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा एक पुरुष मृत भेटिए

२०७९ फाल्गुन ३, बुधबार ०४:३५ बजे

हेटौंडा – हेटौंडामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१९ सान्नानटारस्थिमा स्थानीय ठुलिकान्छी वाइबाको घर नजिकै गोठमा अन्दाजी ५५।६० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

ज्याला मजदुर गरी मागि खाने ठेनाना नखुलेको श्याम भनिने मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।

घटनास्थल मुचुल्का तयार गरि मृतकको शवको पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।