हेटौंडा – कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका वडा नं.१२ मा दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका–१२ बस्ने बर्ष ६५ को प्रेम बहादुर ब्लोन र रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ को विबेक शाह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) लक्ष्मी भण्डारी जानकारी दिए ।
दुर्घटनामा परी अचेत अवस्थमा उद्धार गरिएका तीनै जना घाइतेलाई हेटौंडा उपचारका लागि ल्याईएको थियो । जसमा ब्लान र शाहलाई डाक्टरले मृत घोषणा गरेको प्रवक्ता भण्डारीले जानकारी दिए । अर्का घाइते कार चालक बारा निजगढका सन्दिप साह हेटौंडा सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । उनको अवस्था गम्भिर रहेको बताईएको छ ।
ललितपुरबाट हेटौंडातर्फ आउदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार शनिबार बिहान साँढे ७ बजेको समयमा आफै अनियन्त्रित भएर सडकबाट ४००/५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।