प्रहर खबर
 २०८१ बैशाख ३०, आईतबार    

मकवानपुरका थोकर प्रहरीको फन्दामा

२०८० माघ १८, बिहीबार १९:४० बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित एक जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका–२ बस्ने ४४ वर्षीय जगत बहादुर थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मे।१ ख ३१७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहरको जनाएको छ ।