प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

हेटौंडामा दुई मोटरसाइलक चोर, लागुऔषध सहित पस्यो खोर

२०७९ बैशाख २२, बिहीबार १२:१६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ बाट लागुऔषध र चोरी मोटरसाइकलको सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङ डेरा गरी बस्ने २६ वर्षीय अख्तर खान र हेटौडा उपमहानगरपालिका– १०का १९ वर्षीय आर्यान बानियाँलाई ४०० मिलि ग्राम लागुऔषध खैरो हेरोईन र चोरीका ३ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

मकवानपुर प्रहरीले एक मोटरसाइक चोरी भएको सुचनाको आधारमा खैरो हेरोईन सहित तीन वटा मोटरसाइकल बरामद गरेको हो । बुधबार दिउँसो हेटौंडाको राप्तीरोडबाट बिजय गौतमको बागमती प्रदेश ०३–००५ प ३४६५ नं.को बुलेट मोटरसाईकल चोरी मोटरसाइकल चोरी भएको सुचनाको आधारमा खोजतलास गर्ने क्रममा गौतमको सहित तीन वटा मोटरसाइकल बरामद गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त बुलेट मोटरसाइकल खान र बानियाँको साथबाट भेटिपछि प्रारम्भिक अनुसन्धान गर्दा उनिहरुले गरेर लकाएर राखेको अवस्थामा ना ४१ प ५२०८ र बा.प्र.०३–००३ प ७२५२ नं.को पल्सर मोटरसाईकल बरामद गरेको उक्त कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुबै पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लुकाएर राखिएको अवस्था बरामद गरेको हो । उनिहरु बस्ने कोठा चेकजाँच गर्ने क्रममा लागुऔषध खेरौ हेरोईन ४०० मिलि ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

चोरीको मोटरसाइकल र लागुऔषध खेरौ हेरोईन सहित पक्राउ परेका खान र बानियाँमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।