प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बर्षाले खेल हुन नसकेपछि नेपाल र ओमानले अंक बाँडे

२०८१ आश्विन ९, बुधबार ०७:३१ बजे

काठमाडौँ – आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा रद्ध भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् ।

योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।

लिग- २ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अंकसहित सातौं स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने ७ खेलमा ६ अंक रहेको छ र छैटौं स्थानमा छ ।