हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.८ साततलेमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा ४६ प ४४८० नम्बरको मोटरसाइकलले सोही दिशामा जादै गरेको साईकलयात्रीलाई ठक्कर दिएर दुर्घटना हुँदा तीन जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते हुनेमा साइकलयात्री स्थानीय १९ बर्षीय निशान पाख्रिन, मोटरसाइकल चालक बागमती गाउँपालिका–९ चौबारी बस्ने १९ बर्षीय सागर स्याङताङ र मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने १९ बर्षीय हिरालाल लुङगेली रहेका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।