हेटौंडा – ७३ वर्षीया वृद्ध महिला बलात्कृत भएकी छन् । दाङकी वृद्ध तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ बस्ने २० वर्षीय रेशम बिकबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रोका र रेशमले तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र ती वृद्ध महिलालाई गएराति जबरजस्ती करणी गरेका थिए । उजुरी परेपछि स्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।