हेटौँडा – राष्ट्रिय प्रजातान्त्रीक पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्।
राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्ला संयुक्त बैठकले अध्यक्ष थापालाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन एक मात्र नाम सिफारिस गरेको हो।
बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेद्वार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए । जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम तय गर्ने उनले बताए ।