हेटौंडा – मकवानपुरको हेटौंडामा एक ब्यक्तिले आफ्नै बाबुमाथि खुर्पा प्रहार गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं.१३ मुस्कान टोलका ३५ बर्षीय दिपक मोक्तानले आफ्नै बाबु ६५ बर्षीय जित बहादुर मोक्तानमाथि खुर्पा प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बुवा छोराबीच घरायसीविवाद हुँदा दिपकले जित बहादुरको काँधमा खुर्पा प्रहार गरेका हुन् । जित बहादुर मध्यम घाइते भएका छन् । उनको उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
खुर्पा प्रहार गर्ने छोरा दिपक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।