मकवानपुर – मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थित कुर्ले कृषि सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सहकारीका अध्यक्ष अम्वीका गजुरेलको अध्यक्षतामा भएको साधारणसभामा वडा अध्यक्ष बखान सिं पाख्रिनको प्रमुख आतिथ्यतामा रहेको थियो ।
सहकारीमा ८५ जना शेयर सदस्यहरु रहेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं. २ लाई कार्यक्षेत्र बनाएर किसानहरुलाई कृषि पेशामा निरन्तर लागि रहन पुलको काम गर्दै आएको वडा अध्यक्ष पाख्रीनले बताए । सदस्यहरुलाई क्रियाशिल बनाएर यस कामलाई निरन्तरता दिन आग्रह समेत गरे ।
सहकारीले यस क्षेत्रमा किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन महत्वपुण भुमिका खेल्दै आएको अध्यक्ष गजुरेलले बताइन् । यस सहकारीले सदस्यहरुलाई समय समयमा गोठ सुधार कार्यक्रम, टनेल कार्यक्रम, मल विउ लगाएत कृषि औजाहरु अनुदानमा माग गरि वितरण गराउदै आएको उनले बताइन् ।सदस्यहरुले उत्पादन गर्दै आएका अनाजलाई सहकारीले खरिद विक्रि पनि गर्दै आएको उनको भनाई छ ।
यस सभाबाट कृष्ण प्रसाद हुमागाईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरी, महाकाली दुग्ध सहकारी, बशं गोपाल बहुउद्देश्य सहकारी, श्रमिक दुग्ध सहकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।