प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौँडा अस्पतालको फार्मेसीमा टिपेक्स लगाएर निःशुल्क औषधी बिक्री, कर्मचारी लामा प्रहरीको नियन्त्रणमा

२०८० बैशाख ९, शनिबार ०१:२७ बजे


हेटौँडा – हेटौँडा अस्पतालको फार्मेसीले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि शुल्क लिएर बिरामीलाई बिक्री गर्दैआएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र अख्तियार अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा उजुरी परेको छ ।


आस्थालिन लगायतका औषधिहरु औषधिको खालमा टिपेक्स लगाएर शुल्क लिँदैआएको पाइएपछि कारबाहीको माग गर्दै उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । सरकारी निःशुल्क औषधि बिक्री गरेको आरोपमा हेटौँडा अस्पतालको फार्मेसीका कर्मचारी विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सहायक प्रजिअ शर्माले सरकारी निःशुल्क औषधि बिक्री गरेको सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरिएको बताउनुभयो ।

गोरखापत्रबाट