प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा १८ मा एमालेको उम्मेद्वार टुङ्गो लाग्यो, अध्यक्षमा पुनः बानियाँ

२०७८ चैत्र २५, शुक्रबार ०३:४५ बजे

हेटौंडा – आगामी स्थानीय तहको निर्वाचनका लागि एमालले हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ मा उम्मेद्वार टुङ्गो लगाएको छ । एमालेको विहिबार भएको वडा कमिटि बैठकले उम्मेद्वारको टुङ्गो लगाएको हो ।

बैठकले वडा अध्यक्षको उम्मेद्वारमा बर्तमान वडाअध्यक्ष अनिल कुमार बानियाँलाई सर्बसम्मत चयन गरेको छ । त्यस्तै वडा सदस्यहरु खुल्लातर्फ तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिला तर्फ कल्पना कुईकेल र दलित महिला सदस्यमा पुजा मग्राती चयन भएका छन् ।