हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हेटौंडा उपमहानगरपालिका वडा नं. ५ मा अगुवा नेता तथा कार्यकर्ताहरुको समिक्षा र भावि रणतिनिबारे छलफल गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेता दिपक बहादुर सिंहले संगठन बिस्तारमा लाग्न अनुरोध गर्दै काङ्ग्रेस एमाले माओवादिका नेताहरुले अहिले भन्दा तीन गुणा बढि भोट आसन्न निर्वाचनमा दिने भन्दै भावुक हुँदै आफुसंग आएको बताए । उनले आफ्ना कार्यकर्ताहरुको भोटमा त्यो भोट थपिदा अन्य दलका उमेद्ववारहरुको भागाभाग हुने भ्रष्टाचार गरेर कमाउछु भनेर करोडौ रकम चुनावमा बाड्नेहरु सुकुम्बासी हुन सक्छन होसियार हुन अनुरोध गरे ।
कार्यक्रममा किसान संगठनका राप्रपा केन्द्रीय सदस्य यदुनाथ तिमलसिना , वरिष्ठ नेता दिपक बहादुर सिंह , बरिष्ठ उपाध्यक्ष सागर थापा , उपाध्यक्ष ईन्दिरा न्यौपाने डल्लाकोटि , उपाध्यक्ष राजु संजेल , सह2कोषाध्यक्ष सन्दिप कुमार सापकोटा , क्षेत्रीय सचिव बिकास दुलाल लगायत अगुवा नगर र वडा स्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।