हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–६ अन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको सबुज गण पोष्टमा पालेको हात्तिले माउतेमाथि आक्रमण गर्दा एक जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घटनामा सर्लाही, हरिपुर नगरपालिका–९ निवासी २५ वर्षीय माउते मनिष चौधरी घाइते भएका हुन्। चौधरीले हात्तीलाई दाना–पानी खुवाउँदै गर्दा अचानक हात्तीले सुडले हानेपछि उनको शरिर र कानमा चोट लागेको छ।
घाइते चौधरीलाई तत्काल उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज, भरतपुरमा लगिएको छ । उनको उपचार भइरहेको जानकारी प्राप्त भएको छ।