प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा कारले मोटरसाइकललाई ठक्कर दियो

२०८० मंसिर २, शनिबार ०९:३७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.४ मा कारको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइक चालक हेटौंडा उपमहानगरपालिका वडा नं.५ पिप्ले बस्ने ५० बर्षीय हरि प्रसाद देवकोटा रहेका छन् ।

हुप्राचौरबाट कमलडांडातर्फ जादै गरेको बागमती प्रदेश ०३००१च००९ नम्बरको कारले बाटो क्रस गर्दै गरेको ना ४३ प८८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा देवकोटाको दुबै खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको हेटौंडास्थित मोडेल अस्पताल पठाएकोमा थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ । कार चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।