प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाबाट लागुऔषध सहित दुई युवक पक्राउ

२०७९ श्रावण २०, शुक्रबार १०:०८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय आशिष विश्वकर्मा र १८ वर्षीय शिसिर भन्ने बसन्त कप्रौला रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट थानाभर्याङग मवानपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश ३–०२–०१४ प १२९४ नम्बरको स्कुटरमा बसिरहेका विश्वकर्मा र कप्रौलाको साथबाट ४०० मिलि ग्राम लागुऔषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।